भेट्रान कलाकार हेमा मालिनीको रोजाईमा पर्यो एमजि हेक्टर गाडी, के छन विशेषता ?




काठमाडौं । भेट्रान कलाकार तथा सांसद हेमा मालिनीले आफ्नो घरमा एमजि हेक्टर गाडी भित्राएकी छिन् । उनले आफ्नो ७१औं जन्मोत्सबका अवसरमा उक्त गाडी किनेकी हुन् ।

भारतीय चलचित्र क्षेत्रमा निकै चर्चित रहेको बागवान चलचित्रमा समेत अभिनय गरेकी मालिनीले हेक्टर एसयुभिको डिजल भेरियन्ट खरिद गरेको कम्पनीले जनाएको छ ।

कलाकार मालिनीले उक्त गाडीमा धेरै राम्रा विशेषताहरु रहेकाले खरिद गरेको बताइएको छ ।

भेट्रान कलाकारको सूचीमा रहेकी मालिनीको रोजाईमा परेको एमजी हेक्टरका के छन त मूख्य विशेषता ?

मालिनीले किनेको गाडीमा निकै आरामदायी सिट र फराकिला झ्याल रहेका छन् । त्यसै गरी सनरुफ, ३६० डिग्री क्यामरा, प्रशस्त उज्यालो, पुस बटन स्टार्ट, १०.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, भ्वाइस कमान्ड रहेका छन् ।

सुरक्षाका लागि गाडीमा ६ वटा एयर ब्याग, इबिडी सहितको एविएस, हिल असिस्ट, क्रुज कन्ट्रोल लगायत विभिन्न विशेषताहरु रहेका छन् ।

एमजि हेक्टर रोजेकी मालिनीले यसभन्दा पहिला मर्सिडिज बेन्ज एमएल क्लास, हुन्डाई सनाटा फी, अउडी क्उि ५ र मर्सिडिज इ–क्लास गाडी प्रयोग गरिसकेकी छिन् ।


क्लिकमान्डु