एनसीएचएलले बोलायो आठौं वार्षिक साधारणसभा, ४०% लाभांशको विशेष प्रस्ताव



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत लाभांश परित गर्ने भएको छ ।

कम्पनी १३७औं सञ्चालक समितिको बैंकठले आफ्ना सेयरधनीहरुलाई ३८ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने विषेश प्रस्ताव साधारण सभाबाट पारित गर्ने निर्णय गरेको हो ।

साथै उक्त साधारणसभामा कम्पनीले अधिकृत पूँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने, वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल र पारित गर्ने, लेखापरिक्ष नियुक्ती र पारिश्रमिक निर्धारण, प्रबन्धपत्र तथा नियमावली संसोधन र थप संसोधन तथा परिमार्जनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विषेश प्रस्तावहरु रहेका छन् ।

कम्पनीको आठौं वार्षिक साधारणसभा यही कात्तिक २५ गते काठमाडौं स्थित रबिभवन होटल क्राउन इम्पेरियलमा साँझ ५ बजे गर्ने भएको छ ।


पुष्प दुलाल