अर्घाखाँची सिमेन्टले ल्यायो तिहारको बहार, चाँदीको सिक्का उपहार



काठमाडौं । अर्घाखाँची सिमेन्टले नेपालीहरुको महान पर्व दिपावली तथा छठको अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना सार्वजनिक गरेकोछ ।

आजै (आइतबार) देखि सार्वजनिक भएको यस योजना अन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उसका उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गर्नेछ ।

यहि कात्र्तिक ९ गतेसम्म कायम रहने यस योजना कम्पनीले उसका समर्पित उपभोत्ताहरुका लागि लागू गरेको बताएकोछ ।


पुष्प दुलाल