एक वर्षमा काठमाडौं बाहिर ७ अर्बको सेयर किनबेच, काठमाडौंमा सवा ७७ अर्ब



काठमाडौं । गत वर्षको कात्तिक २० गते यता सेयर बजारमा ८४ अर्ब १० करोड ९६ लाख ५० हजार ७७४ रुपैयाँको सेयर बिक्री भएको छ ।

जसमा उपत्यका भित्रबाट ७७ अर्ब १९ करोड २९ लाख १२ हजार २५५ रुपैयाँको सेयर बिक्री भएको छ । यस्तै उपत्यका बाहिरबाट ६ अर्ब ९१ करोड ६७ लाख ३८ हजार ५१९ रुपैयाँको सेयर खरिद भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार यो अवधिमा उपत्यका भित्र र उपत्यका बाहिरबाट १० लाख ९० हजार १०७ कित्ता सेयर बिक्री भएको छ । जसमा उपत्यका भित्रबाट ९ लाख ४५ हजार ९४८ कित्ता सेयर बिक्री भएको छ भने उपत्यका बाहिरबाट १ लाख ४४ हजार १५९ कित्ता सेयर बिक्री भएको छ ।

नेप्सेका अनुसार यो अवधिमा ८४ अर्ब १० करोड ९६ लाख ५० हजार ७७४ रुपैयाँको सेयर खरिद भएको छ । जसमा उपत्यका भित्र ७६ अर्ब ८१ करोड ९६ लाख ५५ हजार ९०९ कित्ता सेयर खरिद भएको छ भने उपत्यका बाहिरबाट ७ अर्ब २८ करोड ९९ लाख ९४ हजार ८६५ रुपैयाँको सेयर खरिद भएको छ ।

उक्त सेयर खरिद हुँदा १० लाख ९० हजार १०७ कित्ता सेयर खरिद भएको छ । जसमा उपत्यका भित्र ९ लाख ३६ हजार ९८७ कित्ता र उपत्यका बाहिर १ लाख ५३ हजार १२० कित्ता सेयर खरिद भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार उपत्यका बाहिर सेयर बेच्ने भन्दा किन्नेको संख्या बढी देखिएको छ र उपत्यका भने यो क्रम विपरीत देखिएको छ । हाल उपत्यका बाहिर ब्रोकरको ५० वटा शाखा रहेका छन् । नेप्सेका अनुसार उपत्यका बाहिर बनेपा, पोखरा, हेटौंडा, चितवन, बुटवल पोखरा, धनगढी, पोखरा, बाँके लगायतका जिल्लामा बोकर कार्यालयको शाखा रहेको छ ।


पुष्प दुलाल