बजाजले ल्यायो चेटक ब्राण्डमा नयाँ ई–स्कुटर



काठमाडौं । पल्सर, डिस्कभर जस्ता चर्चित ब्राण्डमा मोटर बाइकमा चर्चा कमाएको बजाजले चेटक ब्राण्डमा इलेक्ट्रिक स्कुटर ल्याएको छ ।

भारतमा आज सार्वजनिक भएको उक्त स्कुटर सबैभन्दा पहिले पुणे सहरमा आगामी जनवरीदेखि बिक्री सुरु गरिनेछ । पुणेपछि भारतकै बैग्लोरमा स्कुटर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

बजारले उक्त सहरका बजारमा माग अनुसार सप्लाइ गरिने जानकारी दिएको छ । बजाज चेटक ई–स्कुटर प्रो बाइकिङ डिलरसिपबाट बिक्री गरिने छ । जहाँबाट केटीएम सुपर बाइक पनि बिक्री हुँदै आएको छ ।

बजाज अटो म्यानेजिङ डाइरेक्टर राजीव बजाजले इलेक्ट्रिक स्कुटरको सेग्मेन्टमा स्थापित ब्राण्ड बनाउने योजना छ ।

उनले भने, ‘इलेक्ट्रिक स्कुटरको बजारमा राम्रो बजार बिस्तार गर्ने उद्देश्यले हामीले स्कुटर बजारमा ल्याउन लागेका हौं ।’

कम्पनीका अनुसार चेटक–ई–स्कुटर इको मोडमा एक पटक फूल चार्ज भइसकेपछि ९५ किलोमिटरको गतीमा ५ घण्टासम्म गुड्न सक्छ ।

स्कुटरका विशेषता
बजाजको नयाँ चेटक ई–स्कुटर स्पोर्टसमा ८५ किलोमिटर तथा सिंगल चार्जमा ९५ किलोमिटर गरी २ मोडेलमा उपलब्ध हुनेछन् । त्यस्तै, स्कुटरमा यस्तो प्रविधि जडान गरिएको छ जस अनुसार चोरी भएको समयमा मोबाइलमा नोटिफिकेसन समेत आउँछ ।

भारतमा यो स्कुटरको मूल्य १ लाख ५० हजार भारु तोकिएको छ ।


क्लिकमान्डु