सेञ्चुरी र एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?



काठमाडौं । एनसीसी र सेन्चुरी बैंकले ब्याजदर सार्वजनिक गरेका छन् ।

दुवै बैंकले सार्वजनिक गरेको ब्याजदरमा निक्षेप मुद्दति तर्फको ब्याज भने निश्चित रहेको छ । बैंकको मुद्दति निक्षेपमा संस्थागत तर्फ ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत रहेको छ ।

एनसीसी बैंकको बचतमा सबै भन्दा बढी ६.५० र कम ३ प्रतिशत रहेको छ भने सेन्चुरी बैंकको सबै भन्दा बढी ६.५० र न्यूनतम १ प्रतिशत रहेको छ । एनसीसी बैंकले १३ र सेन्चुरी बैंकले २२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

एनसीसी बैंकको भदौ मसान्तको आधार दर १०.६२ र सेन्चुरी बैंकको असार मसान्तको आधार दर ११.२९ प्रतिशत रहेको छ ।

एनसीसी बाट ऋण लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट सेयर धितो कर्जा, होम लोन, शैक्षिक कर्जा, सुन धितोमा कर्जा लिँदा १६.६२ प्रतिशत ब्याज लाग्ने छ । सवारी साधन कर्जामा भने १४.६२ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै सेन्चुरीबाट ऋण लिँदा सबै भन्दा बढी १७.२९ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट भेहिकल लोन लिँदा १७.२९ प्रतिशत ब्याज लाग्ने छ । होम लोनमा १६.५४, शैक्षिक धितो कर्जा १४.७९, सेयर धितो कर्जा लिँदा १५.५४ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।


पुष्प दुलाल