सानिमा बैंकको २१ प्रतिशत लाभांश पारित



काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज २९ गते बुधबारका दिन १५औं वार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २६ करोड खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ अर्व, कुल निक्षेप रु ९२ अर्ब २८ करोड तथा खुद कर्जा सापटी ८३ अर्ब ४४ करोड रहेको छ ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।


पुष्प दुलाल