मनाङ एयरले सुरु गर्यो व्यवसायिक उडान




काठमाडौं । मनाङ एयरले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान थालेको छ ।

फ्रान्समा बनेकोे एएस ३५० बी ३ ई (एच १२५) अत्याधुनिक हेलिकप्टरले २७ गतेदेखि व्यावसायिक उडान सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘९एन–एएनजे’ कलसाइन पाएको हेलिकप्टर २३ हजार फिट उचाइसम्म उडान भर्न सक्ने छ । यो मनाङ एयरको दोस्रो हेलिकप्टर हो ।


क्लिकमान्डु