२ दिनमा १ खर्ब कमाउने ‘मिस्टर ह्वाइट’ बने भारतको ७ औं धनी, पढ्नुहोस उनको चमत्कारिक सफलताको कथा



फोर्ब्स इन्डियाले भारतका धनीहरुको सूची सार्वजनिक गरेको छ । जसमा ७ औं नम्बरमा छन् राधाकिशन दमानी ।

डी–मार्टका फाउण्डर राधाकिशन दमानी रिटेल बिजनेसका राजा मानिन्छन् । तर उनले आफ्नो करिअरको सुरुवात सेयर बजारमा लगानीकर्ताका रुपमा गरेका थिए ।

तर एउटा आइडियाले उनको भाग्य नै बदलिदियो र जम्मा २४ घण्टामा उनको सम्पत्ति १०० प्रतिशतले बढ्यो ।

कसरी बने रातारात खर्बपति ?

राधाकिशन दमानीले सन् १९८० मा सेयर बजारबाट करिअरको सुरुवात गरेका थिए । तर उनको कम्पनी डी–मार्टले सन् २०१७ मा आईपीओ ल्यायो ।

२० मार्च २०१७ सम्म राधाकिशन दमानी सिर्फ एक रिटेल कम्पनीका मालिक थिए । तर २१ मार्च २०१७ को बिहान जब बम्बई स्टक एक्सचेञ्जमा कारोबारको घण्टी बज्यो उनको सम्पत्ति १०० गुणाले बढ्यो ।

यी व्यक्ति जसले २ दिनमा  सेयर बजारबाट कमाए १ खर्ब रुपैयाँ

२१ मार्चको बिहान जब राधाकिशन दमानीको कम्पनीले आईपीओ सेयर बजारमा लिस्ट भयो उनको समपत्ति कैयन धनी घरानाभन्दा बढी भयो ।

डीमार्टको सेयर ६०४.४० भारुमा लिस्ट भयो, जबकी इस्यू प्राइस २९९ रुपैयाँ राखिएको थियो । र, यो १०२ प्रतिशतको रिर्टन थियो । पछिल्लो १३ सालमा लिस्टिङको दिन यतिधेरै बढोत्तरी भएको थिएन् ।

उनी अहिले भारतका शीर्ष धनीको सूचीमा ७ औं स्थानमा छन् । उनको कुल सम्पत्ति बढेर १४३० करोड अमेरिकी डलर पुगेको छ ।

उनका पिता रमेश दमानीले सुरुवाती दिनमा बल–बियरिङको कारोबार सुरु गरेका थिए । तर कम्पनी घाटामा गएपछि बन्द गरिएको थियो ।

पिताको मृत्यु भएपछि उनले भाइसँग मिलेर स्टक मार्केटमा ट्रेडिङ सुरु गरेका थिए । उनले राम्रो मौका खोजेर साना कम्पनीमा लगानी सुरु गरेका थिए ।

सन् १९९० सम्म उनले लगानी गरेर मात्रै करोडौं रुपैयाँ कमाएका थिए । त्यसपछि उनी रिटेल कारोबारमा आए र विस्तारै विस्तारै कारोबार अघि बढ्यो ।

आज उनको कम्पनीको भ्याल्यू करिब १.८० लाख करोड रुपैयाँ छ । उनले सधैभरी सेतो कपडा लगाउँछन र सेयर बजारमा उनी ‘मिस्टर ह्वाइट एन्ड ह्वाइट’ नामबाट परिचित छन् ।

सन् १९९९ मा रिटेल बिजनेस सुरु गरेका थिए । तत्कालिन समयमा कुमार मंगलम बिड्ला तथा फ्युचर ग्रुपका किशोर बियानी पनि यो क्षेत्रमा आएका थिए । –एजेन्सी


क्लिकमान्डु