यी व्यक्ति जसले २ दिनमा  सेयर बजारबाट कमाए १ खर्ब रुपैयाँ



नयाँ दिल्ली । एवेन्यु सुपरमार्केट्स कम्पनीका मालिक राधाकृष्ण दमानीलाई राम्रोभन्दा पनि धेरै राम्रो भएको छ ।

२१ मार्चमा दमानीको कम्पनी चर्चामा आएको थियो । आई थ्री जब लिस्टिङ को पहिलो दिन कम्पनीले सबैभन्दा बढी नाफा गरेको छ । लिस्टिङपछि कम्पनीले सेयर मुल्य २.५ गुणाले बढेको छ । कम्पनीको स्टक शुक्रवार सम्म २ सेसनमा १९ प्रतिशत बढीसकेको छ ।

जसबाट दमानीको सम्पत्ती ६१ अर्ब रुपैयाँ भारुले बढेको छ । यो रकम करिब १ खर्ब नेपाली रुपैयाँ हुन्छ ।

मुम्बई स्टक एक्सचेन्जमा शुक्रवार उनको कम्पनी ७ सय ५० भारुमा बन्द भएको छ । बुधवार कम्पनीको सेयर मुल्य कारोबार बन्द हुँदा ६ सय ३१ भारतीय रुर्पयाँ थियो । जुन शुक्रवारसम्म १८.८२ प्रतिशतले बढेको छ । कम्पनीको सेयर लिस्टिङ को दिन इशु प्राइज मुल्य २ सय ९९ रुपैयाँ थियो ।

दमानीको श्रीमती र उनको भाईको कम्पनीमा ८२.२ प्रतिशत हिस्सेदारी रहेको छ । ब्लूमर्ग बिलेनियर इन्डेक्सका अनुसार दमानी भारतीय अर्बपतिमा २० औ नम्बरमा पर्छन् । दमानीको सम्पत्ती ४.१० बिलियन डलर रहेको छ ।

दमानी विश्वभरको अर्बपतिमा ५ सय नम्बरमा पर्छन् । एभेन्यु सुपरमार्केट(डि मार्ट) भारतीय डिपार्टमेन्ट स्टोर हो । जसको भारतमा १ सय १८ वटा स्टोर छन् । कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्दा यसमा एक सय गुणा आवेदन परेको थियो । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु