एनआरएनलाई अर्थमन्त्रीको आग्रह- गाँठो फुक्न थाल्यो अब सेयर बजारमा लगानी गर्नुहोस्



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गैर आवासीय नेपाली(एनआरएन)लाई सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली संघ(एनआरएनए)को ९ औं विश्व सम्मेलनको सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्नको लागि गाठो फुक्ने क्रममा रहेको भन्दै लगानी गर्न आग्रह गरे ।

‘एनआरएनको लगानी सेयर बजारमा भित्राउनको लागि केही गाठोहरु थिए, त्यो अब फुक्ने क्रममा रहेको छ,सेयर बजारमा लगानी गर्नुहोस्,’ अर्थमन्त्री खतिवडाले भने ।
उनले नेपालमा लगानी गर्दा मुनाफा बढी भएको र कर लगायतको समस्या अब नहुँने बताएका थिए ।


क्लिकमान्डु