सुजुकीको एस– प्रेसो कारको प्रि-बुकिङ खुल्यो, कति पर्छ मूल्य ?



काठमाडौं । सुजुकीद्वारा उत्पादित एस–प्रेसो गाडीको प्रि–बुकिङ खुला भएको छ । सुजुकीले उत्पादन गरेको यो पछिल्लो गाडी केहि दिनअघि भारतमा सार्वजनिक गरिएको थियो ।

नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजि माटोकर्पले उक्त प्रि बुकिङ खुलाएको हो । यो कारकले प्यासेन्जर कार सेग्मेन्टको रिडिफाइन गर्ने कम्पनीको दाबी छ । एसयुभि लुक्स र उच्च ग्राउण्ड क्लियरेन्स भएकाले यो गाडी ग्रामीण सडकमा समेत उपयोगी हुने बताइएको छ ।

यस कारको शुरुवाती मूल्य २२ लाख ९९ हजार तय गरिएको छ ।


क्लिकमान्डु