सी चिनफिङ र मोदीको भ्रमणले लगानीको वातावरण राम्रो छ भन्ने सन्देश दिएको छः महासंघ अध्यक्ष भवानी राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकि अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बनेको बताएकी छन् ।

गैर आवासीय नेपालीहरुलाई लगानीका लागि आग्रह गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पटक–पटकको भ्रमण र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले समेत स्पष्ट पारेको बताइन् ।

छिमेकका २ ठूला शक्तिशाली अर्थतन्त्र भएका मुलुकका कार्यकारी प्रमुख आउनु भनेको सुरक्षाका दृष्टिले पनि नेपाल सुरक्षित छ भन्नु हो, साथै यसबीच भएका सम्झौताले नेपालमा लगानीको वातावरण बनेको विश्वमा स्पष्ट सन्देश गएको छ ।

एनआरएनएको विश्वसम्मेलनमा बौल्दै राणाले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी ल्याउन आग्रह गरिन् ।

साथै आगामी वर्ष सन् २०२० मा नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्न समेत आग्रह गरिन् ।


क्लिकमान्डु