चीनका राष्ट्रपतिको भ्रमणबाट फाइदा लिन प्रधानमन्त्री ओलीको निजी क्षेत्रलाई आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । आइतबार साँझ परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वको प्रमण्डलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो ।
सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक व्यवसायीक क्षेत्रका समस्याबारे आफु गम्भिर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाए । चीनका राष्ट्रपति सि चीनफिगको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनु पर्ने बताए ।
परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ दिए । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार/बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साही भएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाचो रहेको पनि मोरले उल्लेख गरे ।
अध्यक्ष मोरले प्रधानमन्त्रीसँग भने, ‘खासगरि कनेन्टिभिटीका ठूला पूर्वाधार तथा व्यापार विस्तारका लागि बनाउने भनिएका संयन्त्रको स्थापनामा हुदाँ आर्थिक विकासलाई ठूलो मद्दत पुग्ने भएकाले राष्ट्रपति सिको भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ ।’