राष्ट्रपति सीको भ्रमणले चीनसँगको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै भने, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।’

प्रधानमन्त्री ओलीले टुइटरमा लेखेका छन्, ‘उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी आइतबार स्वदेश फर्किएका छन् ।


क्लिकमान्डु