काठमाडौँ महानगरपालिका र नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापित गर्न सम्झौता



काठमाडौँ । काठमाडौँ महानगरपालिका र चीनको जियांग्सु प्रान्तको राजधानी नानजिङ सिटीबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदान भएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सीचिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्झौतापत्र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आदन–प्रदान गरेका छन् ।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्वन्धमा यस अघि नै सहमति भएपनि यसले मूर्तरुप भने आज मात्रै प्राप्त गरेको हो । ‍यो चीनको आठौं ठूलो सहर हो । काठमाडौं महानगर र नानजिङ सहरबीच संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदानका लागि मितेरी सम्बन्धको सम्झौता गत असारमै भएको थियो ।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदानपछि यसले दुई देश नेपाल र चीनसँगै यी दुई सहरबीचको पनि संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदान र नेपालको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा काठमाडौँ महानगरपालिकाले गरेको छ ।


क्लिकमान्डु