तनाबले निद्रा नलागेपछि महरा अझै केहीदिन अस्पतालमै बस्ने
काठमाडौं । बलात्कारको आरोपमा असोज १९ गते पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा अझै केहीदिन अस्पतालमै बस्ने भएका छन्। उनी पक्राउ परेकै दिनदेखि अस्पतालमा बस्दै आएका थिए ।
केहीदिन टिचिङ अस्पताल बसेका महरा असोज २३ गतेदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।
महरालाई अनिद्रा र तनावको समस्या रहेकाले अझै केहीदिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो।