चिनियाँ राष्ट्रपतिसँगको उच्चस्तरीय वार्ता सम्पन्न, १७ वटा सम्झौतामा हस्ताक्षर



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।

वार्तामा १७ बुँदे सम्झौतामा हस्ताक्षर तथा सहमति आदानप्रदान समेत भएको छ ।

सहमतिमा २ वटा सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । जसमा चीनको नाङसिस र काठमाडौं तथा चीनको सियान र बुटवल सहरबीच भगिनी सम्बन्ध स्थापना गर्नका लागि सहमति भएको हो ।

त्यस्तै, शिक्षा,  स्वास्थ्य, पर्यटन, पूवार्धार विकास, प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका लागि मेकानिजम बनाउने । त्यस्तै, कृषि क्षेत्रमा समेत सहयोग सम्झौतामा समेत हस्ताक्षर भएको छ ।

साथै, विभिन्न  क्षेत्रमा समेत सहयोग आदानप्रदान गर्ने सम्झौता भएको छ । त्यस्तै, क्रस बोर्डर कनेक्टिभिटीमा समेत सहमतिमा आदानप्रदान भएको छ ।

भ्रमणको अन्तिम समयमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच १५ मिनेटको छोटो वार्ता समेत हुनेछ ।


क्लिकमान्डु