चिनियाँ राष्ट्रपति सीको विशेष बिदाइ हुने, २ बजेसम्म एयरपोर्टमा नोटाम




काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष बिदाइ हुने भएको छ ।

आइतबार दिउँसो १ बजेपछि स्वदेश फर्कने राष्ट्रपति सीलाई बिशेष बिदाइ गरिने भएको छ । बिदाइको समयमा एयरपोर्टमा नोटाम जारी गरिने भएको छ । नोटाम अवधिभर उडानहरु प्रभावित हुनेछन् ।

त्यस्तै, राष्ट्रपति हिँड्ने बाटोमा समेत बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ गरिएको छ भने राजधानीका सडकमा कम सवारी चलाउन ट्राफिक प्रहरीले आव्हान गरेको छ ।


क्लिकमान्डु