नेपाल र चीनबीच उच्चस्तरीय वार्ता सुरु
काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरीय भेट सुरु भएको छ । आइतबार बिहान ११ बजेर ९ मिनेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रतिनिधिमण्डलका सदस्यहरु बीच वार्ता सुरु भएको हो ।
भेटवार्तामा नेपालको १५ बुँदे सहमतिमा हस्ताक्षर हुने कार्यक्रम छ । वार्ता पश्चात नेपाल र चीनबीच सडक सञ्जाल, पूर्वाधार विकास, कनेक्टिभिटीलगायतका विभिन्न विषयमा सहमति हुनेछ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गरिसकेका छन् भने चिनियाँ राष्ट्रपतिले पनि सम्बोधन गरिसकेका छन् ।