एभरेष्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? केही समय पर्खिनुहोस् (प्राविधिक विश्लेषण)



काठमाडौं । एभरेष्ट बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा खुद नाफा १८ प्रतिशतको वृद्धिले ३ अर्व ४ करोड ६१ लाख रुपैंया नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ५८ करोड १६ लाख खुद नाफा थियो । बैंकको खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको जगेडा कोष व्यवस्था पश्चात बैंकले २ अर्ब १८ करोड ८० लाख ११ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ ।

बैंकले कूल ३ अर्व ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेकोमा कूल २ अर्ब १८ करोड ८० लाख ११ हजार रुपैयाँ बराबरको व्यवस्था गरेको छ । एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ६० करोड ९२ लाख, डिभेचर रिडेम्सन रिजर्भमा १६ करोड ६८ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा १ करोड २९ लाख ३० हजार, कर्मचारी तालिम खर्च ७१ लाख ५४ हजार, अन्य शिर्षक ५६ हजार गरि कुल रेगुलेटरी रिर्जब कोषमा ३४ लाख ६ हजार छुट्टाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई २६.९८ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

गत आवको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड ६८ लाख रुपैयाँमा स्थिर रहेको छ । खुद मुनाफाको १८ प्रतिशतको वृद्धि र पूँजी स्थिर रहँदा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४५ पैसाबाट बढेर ३७ रुपैयाँ ५७ पैसामा बढोत्तरी हुन पुगेको छ । बैंकले ६ अर्ब ५ करोड १ लाखको जगेडा कोष १७ दशमलव ३६ प्रतिशतले बढाएर ७ अर्ब १० करोड ५ लाख सञ्चित गरेको छ । बैंकले आफ्नो खराब कर्जा झिनो अनुपातले घटाएको छ । व्यवसायको आकारमा बढोत्तरी हुँदै जाँदा खराब कर्जा नियन्त्रण गर्दै जानुलाई बैंकको प्रगति नै मान्नुपर्छ ।

गत आर्थिक वर्षको १२ महिना अवधिमा बैंकमा ०.२० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.१९ प्रतिशत झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.२३ प्रतिशत रहेको छ । गत वर्षको बैंकको यस्तो अनुपात ७.०३ प्रतिशत रहेको थियो । त्यस्तै बैंकको आधार ब्याजदर ७५.०३ प्रतिशत रहेको छ । पुँजी कोषको लागत ५.६१ बाट बढेर ६.२१ प्रतिशत छ ।


फ्लोर सिट

फ्लोरसिटबाट हेर्दा ५८,१४,६,११,४९ र ५७ ब्रोकर न बाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य ६७० तथा ६०० को तहमा ५६ हजारदेखि ४० हजार कित्ता शेयर कारोवार भएको छ । त्यसले पनि यी मूल्यको आफैं बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक विश्लेषण

बैंकिङ समुहमा निरन्तर मूल्यमा गिरावट आउने बैंकहरुमा एभरेस्ट बैंक एक हो । गत साता विहिवार कारोवार बैंक हुँदा ३ वर्षयताकै न्युन बिन्दुमा कारोवार भईरहेको छ । एभरेस्ट बैंक लिमिटेडको हाई तथा लोवर लो बिन्दुबाट एभरेस्ट बैङ्कको डाउन ट्रेन्ड प्याटर्नमा च्यानललाई पछ्याई रहेको स्पष्ट देखिन्छ । साताको अन्ततिर नेप्से परिसूचक सकारात्मक भएसंगै एभरेस्ट बैङ्कको पनि ११ रुपैयाँले बढेर ५७५ कारोवार बन्द छ ।

मैनबत्ति आकृति विश्लेषण

मैनबत्ति आकृतिले खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउँछ । साप्ताहिक मैनबत्ति विश्लेषण गर्दा बुलिस आकृति बनेको छ । यस आकृतिमा माथिल्लो स्याडो ५८० सम्म पुगेको देखिन्छ । यसले खरिद चाप तिब्र भएतापनि बिक्रिचाप पनि उच्च रहेको देखाउँछ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको विहिवार मात्र कम्पनीको कारोवार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स २५ को स्केलबाट वृद्धि भएर ३३ को स्केलमा पुगेको छ । बैङ्कको कारोवार भोलुम पनि सामान्य रहेको देखिन्छ । लिडिङ औजार मानिने १४ दिने आरएसआई कारोबारको लागि ऋणात्मक तथा धनात्मक डाईभोजेन्स आदिको प्रयोग हुने भएकाले कुनै पनि बजारको ठूलो परिवर्तनको पूर्ण संकेत अर्थात् रणनीति परवर्तनको लागि प्रयोग हुने औजार मानिन्छ ।

कमोडीटि च्यानल इन्डेक्स

विहिवार कारोवार बन्दसँगै कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक २७७ बाट ऋणात्मक १२२ स्केलमा आएको देखाउँछ । यस सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि घयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ । र, यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु बेच्ने संकेत गर्दछ । सेन्ट्रल लाइनभन्दा माथिबाट एमएसिडीले सिग्नल लाईनलाई क्रस भएको देखिन्छ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शास्त्रको स्ट्याडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दूरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । बैंक चार्ट हर्दा मुल्यले तल्लो ब्याण्ड छोएर फर्किएको छ भने ३ वटै ब्याण्ड समान्तर रुपमा खुचिएको देखिन्छ । यसले बैङ्कको मूल्य तत्काल ठुलो उतारचढाव कम हुने जनाउछ ।

निस्कर्ष

आधारभूत पक्षबाट हेर्दा एभरेस्ट बैंक वित्तीय विवरण राम्रै मान्न सकिन्छ । नाफाको वृद्धिसँगै स्थिर चुक्ता पुँजीको कारणले प्रतिशेयर आम्दानी १६ प्रतिशत बढेको छ । बैंकको कस्ट अफ फण्डमा ०.६० ५ को वृद्धि तथा इन्ट्रेस्ट स्प्रेडमा ०.४३५ को कमी केही नकारात्मक पाटो देखिन्छ । यद्यपि निक्षेप संकलन तथा कर्जा प्रवाह राम्रो रहेको छ । प्राविधिक सूचकहरु केही समय पर्खन संकेत गर्छ । बैंकको बलियो टेवा ५२० रहेको छ भने अवरोध ६०० मा छ ।


पुष्प दुलाल