नेप्सको नेटवर्कमा रहेका १८ बैंकका एटीएम कार्डमार्फत् अब एकअर्काबाट पैसा झिक्न मिल्ने

क्लिकमान्डु २०७६ असोज १८ गते १६:३६ मा प्रकाशित

काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए ।

एटीएम ह्याक प्रकरणः नेप्सको कमजोरीले बैंकलाई तनाब, कस्ले तिर्छ लुटिएको पैसा ?

नेप्समा १८ वटा बैंक आवद्ध छन् । जसअनुसार गत भदौ १४ गतेदेखि यी बैंकका कार्ड आफ्नै बुथमा मात्रै घोटेर मात्रै ग्राहकले पैसा निकाल्न सक्थे ।

तर, महिनादिन पछि एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेका छन् ।

‘आजदेखि नेप्समा आवद्ध भएका बैंकहरुबीच एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेका छन्,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘दशैंमा ग्राहकलाई सहज होस् भनेर हामीले तीब्र दबाब दिएका थियौं ।’

नेप्सको सिस्टममा सुधार आएर एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेपछि ग्राहकले राहतको महशुस गरेका छन् ।

प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमइ, सनराइज, एनबी, जनता, सिटिजन, बैंक अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैंकहरु नेप्समा आवद्ध छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स