बाणिज्य बैंकमा देखियो असन्तुलन, निक्षेप ४८ अर्बले बढ्दा कर्जा लगानीमा ९३ अर्बले बढ्याे



काठमाडौं । असार मसान्तसम्ममा बैंकहरुको निक्षेप २७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो । असोज १० सम्म आइपुग्दा ४८ अर्ब रुपैयाँले बढेर २८ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो ।

साउन ३ गते २७ खर्ब ५० अर्ब रुपैयाँ रहेको निक्षेप संकलन १० गतेसम्म आइपुग्दा भने थोरै बढेको देखिएको छ । साउन १० गते बैंकहरुको निक्षेप २७ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो ।

त्यसको ७ दिनपछि पुनः साउन ३ गतेको अवस्थामा पुगेको थियो । यता साउन २४ मा भने निक्षेप झनै घटेर २७ खर्ब ४९ करोडमा झरेको थियो भने साउन मसान्तमा आउँदा साउन ३ को तुलनामा ३ अर्बले घटेर २७ खर्ब ४६ अर्ब मात्रै निक्षेप संकलन भएको थियो ।

साउन महिनाको अधिकांश दिन घटेको २८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा भदौ लागेपछि भने केही सुधार देखिएको छ । भदौ ५ गते बैंकहरुको निक्षेप साउन मसान्तको जस्तै २७ खर्ब ४६ अर्ब नै थियो । त्यसको १ सातापछि नै ३ अर्बले बढेको २७ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने भदौ २० मा आइपुग्दा ७ अर्ब रुपैयाँले बढेर २७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै भदौ २७ अर्थात १ सातापछि आउँदा यो अंक झनै घटेर २७ खर्ब ५१ अर्बमा झरेको छ ।
तर असोज लागेपछि यो अंकमा निकै सुधार देखिएको छ । असोज २ मा आइपुग्दा बैंकहरुको निक्षेप संकलन २० अर्ब रुपैयाँले बढेर २७ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।

यो क्रम असोज १० मा आइपुग्दा ४१ अर्ब रुपैयाँले बढेर २८ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । असोज लागेपछि बैंकहरुको निक्षेप संकलन आक्रमक रुपमा बढेको देखिएको छ ।

यो अवधिमा बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य सुधार देखिदाँ कर्जा लगानीमा पनि गिरावट भने छैन । बैंकहरुको यो अवधिमा कर्जा लगानीमा पनि सुधार नै देखिएको छ ।

असार मसान्तमा २८ वटा वाणिज्य बैंकको कर्जा लगानी २४ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । यो अंक असोज १० सम्म आइपुग्दा ९३ अर्ब रुपैयाँले बढेर २५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तमा रहेको बैंकहरुको कर्जा लगानी २४ खर्ब २२ अर्ब बाट बढेर साउन १० मा पुग्दा घटेर २४ खर्ब ५ अर्ब थियो । पुन साउन १७ मा भने ४ अर्ब रुपैयाँले बढेर २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको थियो ।
यसपछि बैंकहरुको बढन थालेको कर्जा लगानी असोज १० सम्म पनि निरन्तरता पाएको छ ।

साउन मसान्तमा २४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरको कर्जा लगानी भदौ ६ मा आइपुग्दा बैंकहरुको कर्जा लगानी बढेर २४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै भदौ १३ मा यो क्रम झनै बढेर २४ खर्ब ४७ अर्ब पुगेको थियो भने भदौै २० मा आइपुग्दा बैंकहरुको कर्जा लगानी २४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

यता भदौ २७ मा २४ खर्ब ६९ अर्ब, असोज २ मा बढेर २४ खर्ब ८० अर्ब रुपैयाँ रहेको कर्जा लगानी एक साताको अवधिमा ३५ अर्ब रुपैयाँले बढेर २५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु