सिभिल र कुमारी बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?




काठमाडौं । सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत छ ।
यता बचततर्फ सबै खातामा ६.५० प्रतिशत ब्याज पाइने छ । हाल बैंकले १८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

यहि बेला बैंकले ऋणको ब्याज पनि सार्वजनिक गरेको छ । असार मसान्तसम्मको आधार मूल्य ११.११ प्रतिशत छ । बैंकबाट ब्याज लिँदा सबैभन्दा बढी ब्याज १८ प्रतिशतसम्म लाग्ने छ ।
यो बैंकबाट ऋण लिँदा ओभर ड्राफ्ट कार्ड ऋण लिँदा १८ प्रतिशतसम्म ब्याज लाग्ने छ भने माइक्रो ग्रुप ग्यारेन्टी बेस्ड लोनमा पनि १८ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

त्यस्तै हायर पर्चेज लोन लिँदा १६.११, अटो लोन १७.११, एजुकेशन लोन लिाँदा १६.११ प्रतिशत ब्याज लाग्ने छ ।

यता कुमारी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । अन्य बैंकको जस्तै यो बैंकको पनि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत छ भने बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत ब्याज पाइने छ ।

यस्तै बैंकको कर्जा लिँदा १८.८९ प्रतिशतसम्म ब्याज लाग्ने छ । यो बैंकको बेसरेट १०.८९ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा, एजुकेशन लोन, अटो लोन, सेयर धितोकर्जा दिँला १८.८९ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु