घर बनाउन नागरिक लगानी कोषले दिन्छ ९.५ प्रतिशतमा ४० लाख ऋण




काठमाडौंं । नागरिक लगानी कोषले कोषमा सहभागीहरुको लागि विभिन्न योजना ल्याएको छ ।

कोषले ९.५ प्रतिशत ब्याजमा घर–जग्गा धितो राखेर ४० लाख रुपैयाँसम्म कर्जा पाउन सक्ने योजना ल्याएको छ । कोषद्वारा जारी सूचनामा कोषको प्रत्येक सहभागीलाई वार्षिक ९.५ प्रतिशत ब्याजदरमा घर–जग्गा धितो राखी घर मर्मत गर्न, फ्ल्याट–घर खरिद गर्न, घरको तला थप्न र नयाँ घर निर्माणका लागि कोषले तोकेको नगरपालिकाको बजार क्षेत्रमा बढीमा ४० लाखसम्म कर्जा दिन सकिने व्यवस्था रहेको छ ।

यस्तै कर्मचारी बचत वृद्धि स्वीकृत आवकाश कोषमा सहभागी बचत कर्ताको दुर्घटनाबश मृत्यु भएमा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको पनि व्यवस्था रहेको कोषको भनाइ छ ।

यता कोषका सहभागीहरुलाई घरायसी, भैपरी आउने कामका लागि घर जग्गा धितो राखेर सरल कर्जाको रुपमा सहभागीको आर्थिक सामाजिक सांस्कृतिक र पारिवारिक प्रकृतिका कार्यका लागि बचत २० लाख रुपैयाँसम्म बार्षिक १० प्रतिशत ब्याज लाग्ने कोषको भनाइ छ ।

कोषमा बचत गरेको २ आर्थिक वर्षपछि बचत रकमको ८० प्रतिशत सापटी लिँदा बार्षिक ९ प्रतिशत ब्याज लाग्ने भएको छ ।

कोषले जारी गरेको सूचनामा कोषद्वारा सञ्चालित कार्यक्रममा सहभागी भएर आफ्नो भविश्य नै सुनिश्चित बनाउने पनि उल्लेख छ ।


क्लिकमान्डु