एनर्जाइजरको पावर बैंकहरु अब नेपालमा पाइने




काठमाडौं । एनर्जाइजरका पावर बैंकहरु नेपालमा सार्वजनिक भएका छन् । आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावर बैंकहरुको लागि एक मात्र आधिकारिक वितरक बनेको छ ।

एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो ।

एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्ग उत्पादन गर्दै आएको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् जसले एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्न सकिन्छ ।

हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्ट डोको मार्फत उपलब्ध गराएको छ ।


क्लिकमान्डु