सिटी एक्सप्रेस ग्रुप प्रधानमन्त्री ओलीद्वारा सम्मानीत




काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्फर ग्रुप प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्मानीत भएको छ । भक्तपुरस्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मान गरेका हुन ।

सिटी एक्सप्रेसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु