सेबोनको प्रष्टोक्तिः कमोटिडीको सेमिनारमा बेलायत गएका भट्टराई अध्यक्षका ड्राइभर होइनन्
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बेलायतमा भएको कमोटिडी सम्पबन्धी कार्यक्रममा सहभागी भएका नहकुल भट्टराई धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको ड्राइभर नभएको प्रष्ट पारेको छ ।
इन्टरनेशनल स्वाप एण्ड डेरिभेटिभ एसोसिएसन (आईएसडीए) ले आयोजना गरेको उक्त सम्मेलनमा नहकुल भट्टराई लण्डन गएको समाचार क्लिकमाण्डूले प्रकाशित गरेको थियो ।
बोर्डले विज्ञप्ति जारी गर्दै भट्टराई व्यक्तिगत विदामा रहेको र बिदामा रहेका कर्मचारीले बिदाँमा जे गरेपनि त्यो सरोबारको विषय नभएको उल्लेख गरेको छ । बोर्डले आधारहिन समाचार प्रकाशित गरेको भन्दै गंभीर आपत्ति जनाएको छ ।
भट्टराई मात्रै हैन यसअघि बोर्डबाट सेकेण्ड क्लास अफिसर नारायण शर्मा र अजय ढुंगानासमेत यसैगरी विदेश भ्रमणमा गएका थिए । कर्मचारी व्यक्तिगत भ्रमण भन्दै भटाभट विदेश जान थालेपछि सर्कुलर जारी गर्दै स्वीकृतिबिना विदेश नजान निर्देशन दिएको छ ।