दशैँको साइत सार्वजनिक, १० बजेर ३५ मिनेटपछि टीका लगाउन उत्तम (विज्ञप्तिसहित)
काठमाडौं । आजदेखि दशैं शुरु भएको छ । आज घटस्थापनाको दिनदेखि दशैं शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
यसवर्ष असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । यस्तै २१ गते मंगलबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।
मंगलबार १० बजेर ३५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम समय रहेको छ । समितिको उक्त निर्णयलाई गृह मन्त्रालयले समेत सदर गर्दै सोही अनुसार गर्न सबैलाई आग्रह गरेको छ ।