हवाई सेवामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट



काठमाडौं । आन्तरिक हवाई उडानतर्फ ७० वर्ष भन्दामाथिका विपन्न जेष्ठ नागरिकहरुले ५० प्रतिशत छुट पाउने भएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले दशैंको घटस्थापनादेखि लागु हुनेगरि आन्तरिक उडानतर्फ ७० वर्षभन्दा माथिका वृद्धाहरुलाई छुट दिने भएको हो ।

संघले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको कार्ययोजनालाई प्राथमिकता दिँदै उक्त व्यवस्था लागु गरेको जनाएको छ ।

छुटको सुविधा लिनका लागि संघले केही सर्तहरु लागू गरेको छ । जसमा हवाइदर माथिल्लो दरको हुनपर्ने, टंकरुटको वायुसेवा कम्पनीबाट प्रत्येक दिन २ जना र स्टल रुटको हवाइ सेवाबाट १ जना बिपन्न जेष्ठ नागरिकले मात्र छुट पाउनेछन् ।


पुष्प दुलाल