यी २० कम्पनीले लगानीकर्ता डुबाए, ७ वाणिज्य बैंकसहित ५९ कम्पनीको सेयरमूल्य साह्रै सस्तो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अचेल सेयर बजारमा लगानी गर्ने समय यहि हो, लगानी गर्नुहोस् भनेर सार्वजनिक कार्यक्रममा आग्रह गर्न थालेका छन् ।

अघिल्लो साता भने अर्थमन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्न दिएको अभिव्यक्तिले २ दिन बजारमा सामान्य सुधार देखियो पनि । तर त्यसपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आउने क्रम भने रोकिएको छैन ।

यो साताको अन्तिम कारोबार दिनमा पनि १.७३ अंकले गिरावट आएको छ । बजारमा देखिएको निरन्तर गिरावटका कारण लगानीकर्ताको लगानी दैनिक जसो डुबी नै रहेको छ ।

लगानीकर्ताहरुले साधारण सेयरमा १०० रुपैयाँ लगानी गरेका हुन्छ । त्यो लगानी यतिबेला बालुवामा पानी जस्तै भएको लगानीकर्ताको गुनासो रहेको छ ।

सेयर बजारमा नगद १ सय रुपैयाँ लगानी गरेका लगानीकर्ताको प्रतिकित्ता सेयरमा ४८ रुपैयाँले घटेको छ । १ सय रुपैयाँ यूनियन हाईड्रोपावरको सेयर किनेका लगानीको सेयर मूल्य ४९ रुपैयाँले घटेर प्रतिकित्ता ५१ रुपैयाँमा झरेको छ ।

यो कम्पनीको मात्र हैन नेशनल हाईड्रोपावर, जोशी हाईड्रोपावर, दिव्यश्वरी हाईड्रो पावर लगायत २० वटा कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ भन्दा कम रहेको छ ।

यतिबेला २० वटा कम्पनीमा गरेको लगानी फसेको छ । लगानीकर्ताले गरेको एक सय रुपैयाँ घट्दा त्यस्ता कम्पनीमा सबै भन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । यस्तै बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य पनि प्रतिकित्ता एक सय रुपैयाँ भन्दा कम रहेको छ ।

बजारमा सेयरको मूल्यमा गिरवाट आउँदा साधारण सेयर भन्दा न्यून मूल्यमा दोस्रो बजारमा सेयर पाउन थालिएको छ । जसले गर्दा साधारण सेयरमा गर्ने लगानी पनि निसार भएका छन् ।

२० वटा कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा तल रहेको छ भने ३९ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कम रहेको छ ।

बजारमा २ सय रुपैयाँ भन्दा कम मूल्य रहेको कम्पनीमा वाणिज्य बैंक समेत रहेका छन् । जसमा सिभिल बैंक, सेन्चुरी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, मेगा बैंक, कुमारी बैंक, एनसिसि बैंकसहित ७ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँ रहेको छ ।

वाणिज्य बैैंकका साथै ज्योति विकास, देव विकास बैंक, कामना सेवा, कर्णाली डेभलपमेन्ट, लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य पनि २ सय रुपैयाँ भन्दा कम रहेको छ । आफूले लगानी गरेको बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आउँदा लगानीकर्तामा चरम निराशा छाएको छ ।

कम्पनीको नाम अन्तिम सेयर मूल्य
Ankhu Khola Jalvidhyut Company Ltd 53
Arun Valley Hydropower Development Co. Ltd. 95
Best Finance Company 87
Dibyashwori Hydropower 55
Ghalemdi Hydro 63
Kalika power Company 77
Khanikhola Hydropower Co. 58
Joshi Hydropower Development 54
Mountain Hydro Nepal 81
National Hydro Power Company 52
Nepal Hydro Developers 91
Ngadi Group Power 98
Panchakanya Mai Hydropower 87
Panchthar Power Compant 95
ProgressiveFinance 97
Ridi Hydropower Development Company 81
Synergy Power Development 72
Union Hydropower 51
UNIVERSAL POWER COMPANY 78
World Merchant Banking & Finance 92
Deva Bikas Bank 127
Goodwill Finance 132
Green Development Bank 104
Gurkhas Finance 114
Himalaya Urja Bikas Company 112
Himalayan Power Partner 136
Hydorelectricity Investment and Developmen 130
ICFC Finance 153
Janaki Finance 195
Manjushree Finance 121
Jyoti Bikas Bank 156
Kamana Sewa Bikas Bank 138
Karnali Development Bank 103
Kumari Bank 175
Mega Bank Nepal 190
Lumbini Bikas Bank 169
Manjushree Finance 121
Multipurpose Finance 103
Nepal Credit And Commercial Bank 194
Api Power Company Ltd. 115
Pokhara Finance 133
Arun Kabeli Power Ltd. 135
Radhi Bidyut Company 132
Rairang Hydropower Development Company 104
RASUWAGADHI HYDROPOWER COMPANY 157
Reliance Finance 109
Central Finance 112
Sanima Mai Hydropower 183
SANJEN JALAVIDHYUT COMPANY 164
Shangrila Development Bank 138
Shrijana Finance (Bittaya Sanstha) 195
Sindhu Bikash Bank 127
Century Commercial Bank 153
Tinau Mission Development Bank 146
Citizen Bank International 193
Civil Bank 142
Corporate Development Bank 105
United Finance 173
United Modi Hydropower 105


पुष्प दुलाल