अब एटिएम बुथ अगाडि अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम बुथ अगाडि अनिवार्य रुपले सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै एटिएम बुथमा २४ घण्टा नै सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको हो ।
‘एटिएम बुथहरुमा २४ घण्टा नै सुरक्षा गार्ड राखेर विशेष निगरानी गर्नुपर्ने छ,एटिएम बुथहरुमा शंकास्पद गतिविधि भएमा यथासक्य तोकेको पदाधिकारीलाई खबर गर्नुपर्छ,’राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थामा साइबर आक्रमण तथा अनाधकृत पहुँच भएमा यसको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई गराउनुपर्ने छ ।

ह्याकरले एटिएम बुथ प्रयोग गरेर पैसा निकालेपछि राष्ट्र बैंकले एटिएम बुथको सुरक्षा बढाउन यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशिका सबै एटिएम बुथहरुमा लागु गर्न नसकिने बैंकरहरु बताउँछन् । केन्द्रीय कार्यालय र मुख्य शाखामा सो व्यवस्था लागु भएपनि अन्यत्र सजिलो नहुँने बैंकरहरुको भनाई छ ।

राष्ट्र बैंकले पैसाको सुरक्षाको लागि सो व्यवस्था लागु गर्नु परेको जनाएको छ ।


क्लिकमान्डु