सिटी एक्सप्रेस मनि ट्रान्सफर र बेलायतको एज रेमिटबीच कारोबार शुरु




काठमाडौं । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी एज रेमिट (विएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ ।

कुवेत, बहराईन मलेशिया ,भारत, बेलायत लगायत विश्व भरी रहेका एज रेमिटका ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै नेपालमा पैसा पठाउन सकिने भएको छ ।

यसरी एज रेमिटबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार भन्दाबढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एज रेमिटका तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु