४ अर्बको आइपिओ आउँदै, कस्को कति ?



काठमाडौं । सेयर बजारमा ४ अर्ब ६ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता आइपीओ सेयर बजारमा आउने भएको छ । यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता सेयर रहेको छ ।

पाइपलाइनमा रहेको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता सेयरमा अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स कम्पनी पनि रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि नै बोर्डको पाइप लाइनमा रहेको छ ।

यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ माघ १८ गते बोर्डमा दर्ता भएको थियो । बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबै भन्दा बढी नेपाल रि इन्सोरेन्सले साधारण सेयर ल्याउने तयारीमा रहेको छ ।

नेपाल रिले १ करोड ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ । यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

विगतको समय भन्दा पछिल्लो समयमा साधारण सेयर आउने क्रम केही घटेको छ । हुनत पछिल्लो समयमा बजारमा आएको गिरावटको कारण आईपीओ भन्दा न्यून मूल्यमा दोस्रो बजारमा नै सेयर पाइन थालेको छ ।

साधारण सेयरमा लगानीगर्न प्रति कित्ता सय रुपैयाँ खर्चनु पर्दछ । तर यति बेला दोस्रो बजारमा नै झण्डै दुई दर्जन हाराहारी कम्पनीको सेयर एक सय रुपैयाँभन्दा कम अर्थात् साधारण सेयर मूल्यभन्दा कममा पाइन थालेको छ ।

कम्पनी कित्ता
NRN Infrastructure and Development 3,398,046
Singati Hydro Energy 4,350,000
Nepal Re-Insurance Co 16,000,000
Shuvam Power Ltd. 580,580
Emerging Nepal Limited 500,000
Greenlife Hydropower 3,496,400
Liberty Energy Company 3,750,000
United Idi Mardi and RB Hydropower 1,050,000
CBIL Capital 300,000
Mailung Khola Jal Vidhyut Co. 736,286
Mountain Energy Nepal 3,936,054
CEDB Hydropower Development 2,518,230
total 40,615,596


पुष्प दुलाल