होन्डाले सन २०२१ सम्ममा डिजल गाडीको विक्रि बन्द गर्ने




काठमाडौैं । होन्डा मोटरले सन २०२१ सम्ममा युरोपमा सबै डिजल कारको विक्रि बन्द गर्ने भएको छ ।

जापानि गाडी उत्पादकहरुले सन २०२५ सम्ममा युरोपका कारहरु विद्युतीकरण गर्ने भएपछि होन्डाले पनि उक्त निर्णय गरेको हो । दिगो लक्ष्य योजना अन्तर्गत यो योजना अघि सारेको कम्पनीले जनाएको छ ।

युरोपियन युनियन इमिसन टार्गेट अनुसार अर्को वर्षसम्ममा सिओटु ९५ ग्राम प्रति किलोमिटर घटाउनुपर्नेछ ।


क्लिकमान्डु