एलजिको चाडपर्व अफर, टिभि किन्दा ६ महिना प्रभु टिभि एप निशुल्क




काठमाडौं । एलजि नेपालले चाडपर्वको अवसर पारेर डबल अपग्रेड योजना ल्याएको छ । योजना अनुसार अब हरेक टेलिभिजनको खरिदमा ६ महिनाको प्रभु टिभि एपको सदस्यता निशुल्क प्रदान गर्ने भएको छ ।

यो सुबिधा एलजिका पहिला खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सदस्यहरुको सदस्यता एलजि टिभिको प्रभ एपमा लगइन गरेपछि सुरु हुनेछ । योजना सुरु भएको ३ महिना भित्र यो कार्य गर्नुपर्ने हुन्छ । यो योजना असोज १ गतेदेखि लागु हुनेछ ।


क्लिकमान्डु