सिटी एक्सप्रेस , मेगा बैंक, नेशनल कमर्सियल बैंक र क्वीक पे साउदी अरबबीच रेमिटान्स कारोबार सुरु



काठमाडौं । सिटी एक्सपे्रस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बंै क्वीक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

क्वी पेको ३७७० एटिएमका साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ७००० भन्दा बढि एजेन्टहरु र मेगा बैंकको १०२ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् ।


क्लिकमान्डु