दशैंका लागि टिकट बुकिङ खुल्यो, कहाँ जान कति भाडा ?



काठमाडौं । दशैंका लागि आजदेखि बसको टिकट बुकिङ खुला गरिएको छ । आइतबारदेखि यात्रुहरुले बसको अग्रिम टिकट बुकिङ गर्न पाउनेछन् ।

गत भदौ २६ गते यातायात विभागमा बसेको व्यवसायी तथा प्रहरीको संयुक्त बैठकले असोज ५ गतेदेखि बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

बुकिङ खुलेपछि बसपार्कमा टिकट काट्ने यात्रु लामबद्ध भएका छन् ।

यस वर्ष पुरानै भाडा दर कायम गरिएको छ । चाडपर्व अगाडि भाडा नबढाउने सहमति अनुसार पुरानै भाडा कायम हुनेछ । भने नयाँ सवारी पनि थप गरिएको छैन ।

कहाँ जान कति लाग्छ भाडा ?


क्लिकमान्डु