नयाँ व्यवस्थापनले लिएपछि एससीटी कार्डको रि-लन्चिङ, अध्यक्ष भट्टचन भन्छन्- आइपिओ आउछ



काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजी लिमिटेड(एससीटी)को व्यवस्थापन प्रभु समुह,आइएमई र हिमालयन बैंकले लिएपछि नयाँ कार्ड सार्वजनिक भएको छ ।

एससीटी नेपालमा नेपालमा पहिलो पटक कार्ड भित्राएको थियो । तर,पुरानो व्यवस्थापन समस्यामा परेपछि एससीटीको स्थान भिसा कार्डले लिएको थियो ।

नयाँ व्यवस्थापनले कम्पनी लिएपछि एससीटीले ‘कन्ट्याक्ट-लेस डेबिड’ र ‘प्रिपेड कार्ड’ सार्वजनिक गरेको छ । एससीटीले चिनको युनियन पे इन्टरनेशनसँगको सहकार्यमा कार्ड ल्याएको हो । कार्ड विदेशमा समेत चल्ने छ ।

कार्डको सार्वजनिकरण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले प्रविधिको विकाससँगै व्यवसायमा सहजता ल्याउने बताए । उनले प्रविधिको विकाससँगै प्रविधिजन्य जोखिमहरु बढेको भन्दै यसलाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।

एससीटीका अध्यक्ष तथा प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले एससीटी नेपाली कार्ड भएको भन्दै यसलाई अगाडि बढाउन कम्पनीले राष्ट्र बैंकलाई सेयर बेच्ने तथा सर्वसाधारणलाई समेत सेयर बेच्ने योजनामा रहेको जानकारी दिए ।

कम्पनीले केही समयभित्रमा क्रेडिट कार्ड समेत जारी गर्ने जनाएको छ ।


क्लिकमान्डु