निजीले मानेनन्, नेपाल एयरलाइन्सले दिने भयो ज्येष्ठ नागरिकलाई छुट



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले हवाई यात्रामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा नेपाल एयरलाइन्सले कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रीले उक्त घोषणा गरे लगत्तै विज्ञप्ती जारी गर्दै निजी क्षेत्रका विमान कम्पनीले उक्त छुट दिन नसक्ने बताएका थिए । तर नेपाल एयरलाइन्सले भने छुट दिने बताएको छ ।

७० वर्ष पूरा भएको प्रमाणित हुने प्रमाणपत्र सहित आएमा टिकटको मूल्यभन्दा ५० प्रतिशत सस्तोमा टिकट पाउनेछन् ।

उनीहरुले आन्तरिक उडानका लागि उक्त छुट पाउनेछन् । हाल नेपाल एयरलाइन्सले विभिन्न गन्तव्यमा गरी दैनिक १० उडान गर्दै आएको छ ।


क्लिकमान्डु