६ लाख अनियमितता नगरेको सेवोन अध्यक्ष कार्कीको दाबी, अख्तियारले सुरू गर्यो छानबिन



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अख्तियार दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको सम्बन्धी क्लिकमाण्डू डटकममा प्रकाशित समाचारमा बोर्ड स्पष्टिकरण दिएको छ ।

बुधबार बिहान समाचार प्रकाशित भएपछि बोर्डले जारी गरेको स्पष्टिकरणमा १८ औं टोकियो सेमिनार अन सेक्युरिटिज मार्केट रेगुलेसनमा भए लिए पनि अध्यक्ष कार्कीले बोर्डबाट कुनै पनि आर्थिक लाभ नलिएको दाबी गरिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

स्पष्टिकरणमा भनिएको छ, ‘समाचारमा बोर्ड अध्यक्ष डा. कार्कीले १८ औं टोकियो सेमिनार अन सेक्युरिटिज मार्केट रेगुलेसनमा भाग लिइ बोर्डबाट ६ लाख रुपैयाँ लिएको भनी उल्लेख भएको उक्त समाचार पूर्ण कपोकल्पित तथा झुट्टा रहेको र उहाँले उक्त समाचारमा उल्लेख भए बमोजिम बोर्डबाट कुनै आर्थिक लाभ नलिएको स्पष्ट पारिन्छ ।’

बार्डले स्पष्टिकरणमा यसबारेमा सम्मानित आयोगले छानबिन गरी सत्यतथ्य बाहिर आउने बताएको छ ।

अध्यक्ष कार्की असोज ४ गतेदेखि कार्यालय बिदामा बस्ने विषयमा भने बोर्ड स्पष्ट पारेको छैन । बोर्डले उजुरी परेपछि अमेरिका जाने तयारीमा रहेको र असोज ४ गतेदेखि बिदा बस्ने भन्नेमा कुनै ठोस कुरा उल्लेख गरेको छैन ।

यसैबीच आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरी दर्ता भए लगत्तै छानबिन सुरु भइसकेको जानकारी दिएका छन् ।

उनले भने, ‘मंगलबार दर्ता भएपछि हामीले छानबिन प्रक्रिया सुरु गरिसकेका छौं ।’

बोर्डको स्पष्टिकरण

 


क्लिकमान्डु