शेखर गोल्छाको पक्षमा महासंघका ७ पूर्वअध्यक्ष एकठाउँमा, विशिष्ट सदस्यको व्यवस्था हटाउन माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ७ वटा पूर्वअध्यक्ष शेखर गोल्छाको पक्षमा उभिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा आगामी कात्तिक २९ गते विशेष साधारणसभा हुन लागेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था हटाउनको लागि प्रस्ताव गरिएको छ ।

शेखर गोल्छा तीन वर्ष अगाडिको विधानमा वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेका थिए । विधानअनुसार चैतदेखि उनी महासंघको अध्यक्ष हुन् ।

तर, महासंघलाई देखाएर राजनीतिकरुपमा दुरुपयोग गर्दै आएका चण्डी ढकालले शेखरलाई अध्यक्ष बन्न नदिनको लागि विधान संशोधनको गर्न लागेका छन् ।

महासंघका पूर्वअध्यक्षहरु महेशलाल प्रधान विनोदबहादुर श्रेष्ठ, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभत्त श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्यले शेखर गोल्छालाई अध्यक्ष बनाएर मात्र महासंघमा अध्यक्षको लागि प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

महासंघमा तीन वर्ष अगाडि नै विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने विधान पारित गरिएको थियो । सो व्यवस्थाअनुसार नै भवानी राणा अध्यक्ष बनेकी हुन् ।

विधानमा भएको व्यवस्था अनुसार शेखर गोल्छा निर्वाचन लडेर वरिष्ठ उपाध्यक्षमा चुनिएका थिए ।

पूर्वअध्यक्षहरुले महासंघमा चण्डीराज ढकालले विशिष्ट सदस्यरुपमा बसेर अनावश्यक चलखेल गरेको भन्दै विधानबाट सो व्यवस्था हटाउन सुझाव दिएका छन् ।

महासंघललाई चण्डीराज ढकालले राजनीति गर्ने हतियारको रुपमा विशिष्ट सदस्यलाई बनाएको भन्दै सो व्यवस्था खारेज गर्न पूर्वअध्यक्षले सुझाव दिएका हुन् ।

ढकाल अहिले पनि महासंघमा विशिष्ट सदस्य छन् । भवानी राणा अध्यक्ष भएपनि महासंघको बैठक ढकालले अध्यक्ष जस्तो गरेर चलाउने गरेका छन् ।

महासंघमा देखिएको आन्तरिक राजनीतिले आफ्ना मुद्दाहरुमा महासंघ कमजोर बन्दै गएको निष्कर्ष पूर्वअध्यक्षहरुको छ ।


क्लिकमान्डु