रोयल इन्फिल्ड क्लासिक ३५० एस बाइकको मूल्य १ लाख ४५ हजार भारु, के छन् विशेषता ?



काठमाडौं । रोयल इन्फिल्डले क्लासिक ३५० एस मोडलको बाइक सार्वजनिक गरेको छ । भारतमा सार्वजनिक भएको उक्त बाइकको मूल्य १ लाख ४५ हजार भारु रहेको छ ।

स्टान्डर्ड रोयल इन्फिल्ड क्लासिक ३५० मोडलको बाइकभन्दा यो बाइक करिब ९ हजार भारु सस्तो छ । एक महिनाअघि सार्वजनिक भएको रोयल इन्फिल्ड क्लासिक ३५० मोडल बाइकको मूल्य १ लाख ५४ हजार भारु रहेको छ ।

अहिले सार्वजनिक भएको बाइक मर्करी सिल्भर र पियोर ब्लाक गरी दुई कलर स्किममा उपलब्ध हुनेछन् । यस बाइकमा ब्लाक्ड आउट इन्जिन, मडगार्ड, मिरर स्टक्स रहेका छन् । अगाडिको चक्कामा सिङगल च्यानल एविएस सिस्टम रहेको यो बाइकको पछाडिको चक्कामा भने ड्रम ब्रेक रहेको छ ।

३ सय ४६ सिसि सिङगत सिलिण्डर इन्जिन जडित यो बाइकले १९.८ बिएचपि र २८ एनएम पिक टर्क उत्पादन गर्छ ।


क्लिकमान्डु