घट्दै छ सुनकाे भाउ, दशैंमा अझै सस्तो हुने संकेत



काठमाडाैं । तीजमा महंगिएको सूनको भाउ दशैं नजिकिँदै गर्दा भने सस्ताे हुँदै गएकाे छ ।

भदाै १९ गते अहिलेसम्मकै सबैभन्दा बढी प्रति तोला ७३ हजार ५०० पुगेको छापावाल सुनकाे मूल्य भदाै २९ गते आइतबार ३ हजार ३ सय रूपैयाँले घटेर ७० हजार २०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

विश्व बजारमा आर्थिक अवस्था र व्यापार युद्धसँगै अन्तरार्ष्ट्रिय बजारमा भारतीय मुद्रा कमजाेर हुँदा नेपाली बजारमा बढेकाे सूनकाे मूल्य अहिले भने सस्ताे देखिन थालेको हो ।

२ साता अघिसम्म मात्रै प्रतितोला ८० हजार रूपैयाँ पुग्ने अनुमान गरिएको सूनकाे भाउ अहिले घट्दै जाँदा सुन  किन्न खोज्ने उपभाेक्तालाई सहज भएको छ ।

आइतबार बजारमा छापावाल सुनकाे मूल्य ७० हजार २०० रूपैयाँ छ भने तेजावी सुनकाे मूल्य ६९ हजार ९०० रूपैयाँ पुगेकाे छ । त्यस्तै, चाँदीकाे मूल्य प्रतितोला ८४० रूपैयाँमा काराेबार भइरहेको छ ।

 


क्लिकमान्डु