बुद्धको १३ औं जहाज काठमाडौं आइपुग्यो, दशैं अगाडि उडान गर्ने



काठमाडौं । बुद्ध एयरले शनिबार एटीआर–७२ जहाज भित्राएको छ ।

भारतको चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

यससँगै बुद्ध एयरको जहाजको संख्या १३ पुगेको छ । बुद्ध एयरका अनुसार एटीआर जहाज मात्रै ८ वटा पुगेको छ । बुद्धसँग यसअघि एटीआर–४२ जहाज ३ वटा र बीच १९०० ‘डी’ जहाज २ वटा छन् ।

बुद्ध एयरका अनुसार अर्को जहाज अक्टोबर महिनामा आउनेछ ।

यस नयाँ जहाजबाट बुद्ध एयरले दशैं अघि नै उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनहरुमा थुप्रै दशैं, तिहार र छठ पर्वका कारण यात्रुहरुलाई सहज हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु