बाल्ट्राले ल्यायो दशैं अफर, यस्ता छन आकर्षण



काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा सार्वजनिकगरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ ।

बाल्ट्राको यस दशैं योजनाको लक्की ड्रमा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई BT <space> Warranty Card   मा भएको Serial Number टाईप गरी ३१००७ मा पठाउनु पर्नेछ । सहभागी ग्राहकहरुले बाल्ट्राको ५५” स्मार्ट टि.भी. १ जनालाई, ४०” टि.भी. २ जनालाई, ३२” टि.भी. ३ जनालाई, साउण्ड बार ५ जनालाई, मिक्सर ग्राइन्डर १० जनालाई, राईस कुकर १५ जनालाई र आइरन १५ जनालाई जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् ।


क्लिकमान्डु