एलजीले ल्यायो चाडपर्व लक्षित ‘खुशीको डबल अपग्रेड’ योजना




काठमाडौं । एलजीले २०७६ सालका चाडपर्वलाई लक्षित गरी खुशीको डबल अपग्रेड योजना सार्वजनिक गरेको छ ।

खुशीको डबल अपग्रेड नामकयो योजनामा एलजी ब्राण्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टम खरिद गर्दा आकर्षक मूल्य साथै पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौ इनोभेटिभ प्रडक्टले अपग्रेड हुने अवसर प्राप्त गर्नेछन । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४, २०७६ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेका एलजीका आउट्लेटहरुमा उपलव्ध हुनेछ ।


क्लिकमान्डु