काठमाडौमा २०% छुटमा विद्युतीय बस चढन पाइने, कुन–कुन रुटमा चल्छन बस ?



काठमाडौं । सुन्दर यातायातले काठमाडौमा विद्युतीय वस सञ्चालन गरेको छ । आज देखि सञ्चालनमा आएका यी बसको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले उदघाटन गरेका हुन् ।

सुन्दर यातायातसँग अहिले ७ वटा विद्युतीय बस भएपनि हाल ४ वटा सञ्चालन गर्ने र ३ वटा स्टकमा राखिने छ । अहिले सिमित बस भएकाले शुरुमा यी बसहरु चक्रपथ रुटमा चल्ने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए । विद्युतीय बसमा अन्य बसको तुलनामा सस्तो हुने र भाडामा २० प्रतिशत छुट दिने उनले बताए । अहिले सञ्चालन हुने ४ वटा बसमध्ये २÷२ वटा बसले विपरीत दिशा पारी चक्रपथ परिक्रमा गर्नेछन् । चक्रपथमा सिमित रहने यो रुटलाई बस थपे लगत्तै अन्य रुटमा पनि सञ्चालन गरिने बताइएको छ ।

सुन्दर यातायातले अहिलेको बस संख्यालाई बढाई एक वर्षमा ५० वटा बस थप्ने लक्ष्य राखेको छ । चाइनाको विएके कम्पनीसँग ५० वटा वस दिने समहतीपत्रमा आज हस्ताक्षर भएको छ ।

साथै कम्पनीले केहि समयभित्रै प्रदेश ७ को बुटवल र प्रदेश १ को विराटनगरमा १० ÷१० वटा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको छ । एउटा बस किन्दा करिब १ करोड ६२ लाख लगानी रहेकाले सरकारले विद्युतीय गाडी सञ्चालनमा सहज बनाइ दिगो रुपमा चल्न सहयोग गर्ने अपेक्षा समेत कम्पनीको रहेको अध्यक्ष थापाले बताए ।

सुन्दार यातायातले गरेको लगानी बाहेक चीनको विएके कम्पनीको समेत ७५ प्रतिशत लगानी रहेको छ । चीनीयाँ कम्पनीको यो लगानीले सुन्दर यातायातलाई किस्ताबन्दीमा पैसा तिर्दै सञ्चालन गर्न सहज भएको छ ।

अहिले सञ्चालनमा आएको यी बसमा सिसि क्यामरा लगायत विभिन्न सुरक्षाका उपायहरु रहेका छन् ।

सुन्दर यातायातद्धारा सञ्चालित विद्युतीय बस नेपालका लागि निजी क्षेत्रबाट सञ्चालित पहिलो सार्वजनिक बस हुन ।


क्लिकमान्डु