महिन्द्रा टु ह्वीलरले बनाउने छ सबैलाई दङ्दास, स्कुटर र बाइकको खरिदमा १० हजार छुट



काठमाडौं । महिन्द्रा टू ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर ‘महिन्द्रासँग सबै दङ्दास’ योजना प्रस्तुत गरेको छ ।

यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पर्ने छ विश्वास कम्पनीले लिएको छ । बाइक तथा स्कुटरको खरिद मा तुरुन्तै १० हजार फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ । यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ ।

यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेता मार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहदैं आएको छ ।

आफ्ना ग्राहकहरुलाई चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रित छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराउन कम्पनीले नेपाल अधिराज्यका विभिन्न स्थानहरुमा आधिकारिक शो रुम तथा सर्भिस सेन्टरहरुको स्थापना गर्दै आएको छ ।


क्लिकमान्डु