गोदरेजले ल्यायो “फ्रि कपल ट्रिप टु बाली” अफर



काठमाडौं । गोदरेज अप्लाएन्सेसले चाडपर्वकोे अवसर पारेर ग्राहकहरुमाझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ ।

यो योजना अन्र्तगत गोदरेजले ग्राहकहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी पठाउनुपर्नेछ  ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सक्नुहुनेछ साथै ए.सी.को खरिदमा फ्रि जडान गरिने कम्पनीले जनाएको छ ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २० गतेदेखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । नेपाल अधिराज्यभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा यो योजना उपलव्ध हुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु